प्रचण्डद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको निरिक्षण 


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गरेका छन् ।

शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका–१५ रामपुर स्थित रंगशाला पुगेर उनले निरिक्षण गरेका हुन । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तिरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिती गठन गरेर अगाडी बढ्न धुर्मुसलाइ सुझाव समेत दिए ।
रंगशाला राष्ट्रकै एक आयोजना भएकाले पार्टी र सरकारले आवश्यक सहयोग गने समेत वचन दिएका छन् ।

“यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसंगै छौं प्रचण्डले भने, रगशाला निर्माणमा हाम्रो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने प्रतिबद्धता पनि ब्यक्त गर्न चाहन्छु ।”

पछिल्लो समय रंगशाला निर्माणको कार्य तिर्वरुपले अघि बढिरहेको छ । रंगशाला निर्माणमा आर्थिक अभाव भएको भन्दै केहि दिनअघिदेखि धुर्मुस र सुन्तलीले ठेलामा मम बेच्न पनि सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार