
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ । पाटीभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक अपरान्ह ५ः३० बजे बस्न लागेको हो ।
यसअघि बैठक ४ बजे बस्ने भनिएको थियाे तर, अन्तिम समयमा आएर साढे १ घण्टा पछाडी सारिएको छ । बैठक सारिनुको कारण भने कसैले पनि बताएका छैनन् ।
बैठक अघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए । यसअघि बुधबारको बैठकमा ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री पद हस्तानतरण गर्ने प्रस्ताव गरेका थिए ।














