थाहा पाइराख्नुहोस्, आज उपत्यकाका यी ठाउँहरुमा विद्युत कटौती हुँदैछ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल आज उपत्यका केही ठाउँहरुमा विद्युत कटौती हुने सूचना जारी गरेको छ । प्राधिकरणको सूचना अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उपत्यका बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती हुने छ ।

प्राधिकरणले पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको जनाएको छ ।
फिडर तान्दा विद्युत कटौती भई ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार