
काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेबाट रोकिएको लोमो दुरीको सार्वजनिक यातायात असोज १ गतेबाट सुरु भएको छ । साझा यातायातले भने भोलिबाट लामो दुरीका गाडी खोल्ने भएको छ ।
दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातले प्रशासनले जनाएको छ ।
साझाले सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी संचालन गर्ने छ ।
भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने छ ।
यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्नेछन्। भाडामा सरकारले तोकेअनुसार ५० प्रतिशत बढी हुने छ ।













