
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसिरहेको छ ।
बैठकमा सरकारको नेतृत्व गरिरहेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी र जनमोर्चाका शीर्ष नेताहरु सहभागि छन् ।
सत्ता गठबन्धनका नेताहरुबीच एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकबाट पारित गर्ने अन्तिम तयारीमा छन् ।
माओवादी केन्द्रले एमसीसीमा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने आज बिहान निर्णय गरिसकेको छ ।
एमसीसी अनुमोदनका लागि सरकारले यही फागुन ५ गते प्रतिनिधि सभा बैठकमा पेश भएको थियो। एमसीसीलाई जस्ताको तस्तै पास गर्नका लागि सत्ता गठबन्धनकै दलहरु असहमत देखिएपछि संसद बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
एमसीसी देशको हितमा नरहेको भन्दै विभिन्न क्षेत्रबाट सशक्त विरोध हुँदै आएको छ । एमसीसी संसदमा पेस भए यता दिनहुँ बानेश्वरमा आन्दोलन भइरहेको छ ।













