काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि उनाई आइसियूमा राखिएको छ ।
त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार बिहान दश बजेबाट सुरु भएको प्रत्यारोपण कार्य करिव करिब तीनबजे सकिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए ।
प्रत्यारोपण सफल भएसँगै अप्रेशन थियरेटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलालाई पनि पोस्ट अपरेटिभ वार्डमा सारिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा उनको पहिलो पटक भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गर्ने डाक्टरको टिममा संलग्न भारतीय डा. अनन्त कुमार लगायत नेपाली डाक्टरहरुगरी झन्डै दुई दर्जन चिकित्सक सहभागी रहेको अस्पतालका निर्देशक खड्गाले बताए ।










