बस दुर्घटनामा २४ घाइते

धनगढी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर–२ छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस नम्बरको यात्रुबाहक बस बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
बस सडकबाट ६० मिटर तल खसेको हो । घाइते २४ मध्ये ६ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार