
काठमाडौं । क्लबहाउस भित्र प्रहरी अधिकृतको फोटो राखेर दुरुपयोग गरेको अरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेका छन् ।
उनले अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गर्ने गरेको अभियोग लागेको छ । उनलाई सोही अभियोगको आरोपमा साइबर ब्युरोले पक्राउ गरेको छ ।
सोमबार पक्राउ परेका उनलाई अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय क्लबहाउसका प्रयोगकर्ता नेपालमा ह्वात्तै बढेका छन् । योसँगै यसमा विकृति पनि मौलाएको छ । फेक आईडी बनाएर गलत सूचना प्रवाह हुन थालेपछि प्रहरीले नजर बढाएको छ ।










