
काठमाडौं । भारतको हिमाअंचल प्रदेशमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा ९ जना पर्यटकको मृत्यु भएको छ । माथि पहाडबाट खसेको ढुंगा लागेर थप तीनजना घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु हुने आन्तरिक पर्यटकहरुमा केही राजधानी दिल्लीका बासिन्दा रहेको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छ ।
मृतकहरुको पुर्ण सनाखत भइसकेको छैन् ।
उक्त दुर्घटनाको भाइरल भिडियामा पहाडको माथिबाट ढुङ्गाहरु खसिरहेका छन्, तल रोडको पुल छेउ केहि कारहरु रोकिएका छन् । माथिबाट खसेको ढुङ्गा पुल नै भाँचिदिएको देखिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा आफन्त गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । मोदीले दुर्घटनामा ज्यान गुमाउनेलाई आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।
ढुङ्गा खसिरहेको लाइभ भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नुहोस
https://www.facebook.com/anamolpost/videos/973043113530093













