
चितवन । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा तीन जना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर मेडिकल कलेजका डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् ।
मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा उनलाइ शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप लागेको छ ।
त्यस्तै उक्त कारोबारोमा जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत तहका एक कर्मचारी रामचन्द्र ढकालको पनि संलग्नता भएको खुलेको छ । उनलाई पनि शनिबार नै पक्राउ गरिएको छ । उनले अवैध कारोबार गर्ने टोलीलाई कागजी रुपमा सघाएको आरोप छ ।












