वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु


वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १६ नगवा बस्ने ६० बर्षीया महिला रहेकी छन् ।
उनको शनिबार साँझ नारायणी बयोधा अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार