रुसी सेनामा गएका थप १ नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो,भर्ती नगर्न रुसी सरकारलाई आग्रह


काठमाडौँ । रुस–युक्रेन युद्ध चलिरहेकै बेला रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपाली मृत्यु हुनेमा ०९४७३६३२ नम्बर राहदानी भएका कुन्दन सिंह नागल रहेका छन् ।

उनको मृत्युसंगै रुसी सेनामा गएका नेपाली मध्ये मृत्यु हुनेको संख्या ७ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरेको जनाएको छ ।

यस्तै मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह पनि गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार