
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन नेपालमा ६ जनाको मृत्यु भएको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना, काठमाडौं र सप्तरीमा एक जना गरी ६ जनाको मृत्यु भएको हो ।
एकैदिन ६ जनाको मृत्यु भएको नेपालमा कोरोना संक्रमण देखिएपछिको पहिलो घटना हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।










