२४ घण्टामा थप २८ सय बढीमा कोरोना पुष्टि, ४१ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । केही दिन घट्दै गएको संक्रमण फेरि बढ्न थालेको छ ।

मन्त्रालयले लकडाउन खुकुलो गरिएको भएपनि जोखिम कायमै भएकाले घर बाहिर जानु परे स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार