काठमाडौं । २०७२ बैसाख १२ गतेको बिनासकारी भुकम्प सम्झाउनेगरी फेरि काठमाडौ हल्लिएको छ ।
बुधबार बिहान धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो ।
विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ । मापन केन्द्रका अनुसार त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो ।
भुकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाहिर भागेका थिए । चार बर्षअघि आएको बिनासकारी भुकम्पको एकदिन अघि आएको यो पराकम्पले मानिसहरुमा त्रास समेत उत्पन्न गराएके छ । यद्यपी भूकम्प मापन केन्द्रले बताए अनुसार यो कुनै नयां भुकम्पको झट्का नभई पराकम्प हो ।
काठमाडौमा महसुस गरिएको भूकम्पको धक्काले भारतको उत्तर प्रदेश समेत हललाएको छ । भारतिय संचारमाध्यमहरुका अनुसार त्यहाँका विभिन्न इलाकामा भुकम्पको धक्का महसुस गरिएको छ । आजै राती १ बजेर ४५ मिनेटमा भारतको अरुणाचल प्रदेशमा ५.८ म्याग्निच्यूडको पनि भूकम्पको झट्का महसुस गरिएको थियो ।