भारतीय लडाकु विमानले पाकिस्तानी भूमिमा बम खसाल्यो

काठमाडाै‌ । पाकिस्तानी भूमिमा भारतीय लडाकु वायूसेनाको विमानले बम खसालेको छ । मंगलबार विहान अध्यारोमै विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो ।

पाकिस्तानी सेनाले यसअघि भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर पाकिस्तानी सेनामा घुसपैठ गर्न खोजेको बताएको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीट मार्फत जनाएका छन् । भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ  ग‍र्यो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारवाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । बमबाट कुनै पनि मानविय क्षति नभएको बताईएको छ ।

तर भारतीय मिडियाहरुले बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको दाबी गरेका छन् । भारतले यसबारे केही बोलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार