
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरेको विधेयकलाई आज प्रतिनिधि सभाको बैठकमा पारित गरियोस भन्दै प्रस्तुत गरिएको थियो । उक्त विधेयकमाथि सत्तापक्ष र विपक्ष दलका सांसदहरुले आ आफ्नो धारणा राखेपछि मतदानका माध्यमबाट वहुमत साथ हुबहु पारित भएको हो।
विधेयक पारितका लागि भएको मत विभाजनमा १३५ सांसदले पक्षमा मत हालेका थिए भने प्रस्तावको विपक्षमा ६० जना सांसदले मत दिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका थिए । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित थिए । आज दिनभर प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल भएको थियो । त्यसपछि प्रमिख प्रतिपक्षी दल एमालेको माग अनुसार मतदानका आधारमा नागरिकता विधेयक पारित गरिएको हो ।










