रसुवा । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुईजनाको जिवितै उद्धार गरिएको छ । आज बिहान उद्धार टोलीले सुरुङभित्रबाट मेकानिकल फोरम्यान संजय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनको ९ दिनपछि जिवितै उद्धार गरेको हो ।
सुरुङभित्र अझै थप ३ जना जीवित रहेको बताइएको छ ।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मान्छेहरु फसेका छन् । उनिहरुको उद्धारमा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ ।
















