भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दबाट सपथ लिएका हुन्।
मोदीसँगै भारतमा अन्य मन्त्रीहरूले पनि सपथ लिएका छन्। सपथ लिनेमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह,नयाँ मन्त्रिमण्डलमा तत्कालीन विदेश सचिव एस जयशंकर रहेका छन् ।
त्यसैगरी स्मृति इरानी, राजनाथ सिंह, नितिन गडकरी,पियुष गोयल, निर्मला सीतारमणले पनि नयाँ कार्यकालका लागि सपथ लिएका छन्।
सपथ ग्रहणका लागि मोदीले विम्स्टेक राष्ट्रका सरकारका राष्ट्रप्रमुखलाई निम्तो पठाएका थिए। मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि नयाँदिल्ली पुगेका छन्।