काठमाडौं। प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् । आज काठमाडौंमा सम्पन्न प्रतिष्ठान प्रदेशको चौथो अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको समावेशी उपाध्यक्षमा विवेक लोप्चन, खुला उपाध्यक्ष विजय फुँयाल, महिला उपाध्यक्षमा पार्वती खड्का सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै संगठनको महासचिवमा बिमल खड्का, सचिव (दलित) हरि जिज्ञासु, महिला सचिव समुन्द्रा घिमिरे, जनजाति सचिव प्रेम कुमार श्रेष्ठ, मधेसी सचिव रमिता यादव, खुला सचिव इश्वर बिश्वकर्मा र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।
संगठनको सदस्यहरुमा कृष्ण सिलाल, हरि दुलाल, कुल बहादुर ओली, गणेश पाण्डे, कुमार विवेकानन्द मिश्र, लक्ष्मण दंगाल, समुन्द्र गिरि, नारायण विश्वकर्मा, विरेन्द्र धामी र काशीराम जैसी सर्वसम्मत रुपमा चयन भएका छन्।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष दर्नालले संगठनको उदेश्य वमोजिम श्रर्मजीवी पत्रकारहरुको पेशागत सुरक्षा र हकहितमा रहेर सधैं काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
को हुन् अध्यक्ष दर्नाल ?
पाल्पा स्थायी घर भएका अध्यक्ष दर्नाल राजधानी काठमाडौंमा दुई दशकदेखि सकृय पत्रकारितामा रहि विगत १५ वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत छन्। अध्यक्ष दर्नालले दलित समुदायसंग सम्बन्धित विभिन्न पुस्तक समेत लेखेका छन् । उनि राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिव समेत हुन् । दलित तथा मानवअधिकारको क्षेत्रमा मिडिया वकालत गर्दै आएका दर्नाल हाल प्रेस सेन्टर नेपालको नीति तथा परामर्श समितिको सदस्य हुन् ।
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको चौथो अधिवेशनको उद्घाटन प्रमुख अतिथि प्रेस सेन्टर नेपालका इञ्चार्ज, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता अग्नि सापकोटाले गरेका थिए । उद्घाटन समारोहका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा पार्टीका स्थायी समिति सदस्य रेखा शर्मा, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष एवम प्रतिष्ठान प्रदेशका इञ्चार्ज बिदुर खड्का, प्रेस सेन्टर नेपाल बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष गंगा बराल, महासचिव सन्तोष पौडेल लगायत प्रेस सेन्टरसंग सम्वद्ध अन्य ब्यक्तिहरुको समेत उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशका तत्कालिन अध्यक्ष बिरेन्द्र ओलीको अध्यक्षतामा प्रतिष्ठान प्रदेशको चौथो सम्मेलन सम्पन्न भएको हो ।