कोरोनाबाट थप २ को मृत्यु, मृतक संख्या ३४ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाबाट थप २ को मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिकाका ७५ बर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा टिचिङ अस्पताल महाराजगंजमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्षयरोगको उपचार लागि असार १४ गते अस्पताल भर्ना भएका उनको असार १७ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पुष्टि गरे । मृतक पुरुषमा असार १८ गते कोरोना पुष्टि भएको थियो ।

कोरोनाबाट अर्का मृतक गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष नै रहेका छन् । मधुमेहका बिरामी उनको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनमा असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार