पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेको प्रदर्शन


मुगु । मुगुमा पूर्वसांसद र वडाध्यक्ष पक्राउ परेपछि एमालेले विरोध गर्दै प्रर्दशन गरेको छ । मुगु प्रदेश (क) का पूर्वसांसद दानसिह परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पक्राउ परेपछि त्यसको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय मुगु अगाडि प्रदर्शन गरेका हुन् ।

पूर्वसांसद परियार र वडाध्यक्ष रावललाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख इन्जिनियर दत्त बुढथापालाई परियार र रावलले शनिबार हातपात परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएपछि आज एमाले नेता कार्यकर्ताहरु प्रशासन कार्यालय अगाडि विरोध जनाएको हो ।

आफ्ना नेतालाई पक्राउ गरेको भन्दै एमाले पार्टी नगर इन्चार्ज डम्बर रावलको नेतृत्वमा गएका दर्जनौं मानिसहरुले आज दिउँसो प्रशासन अगाडि विरोध प्रर्दशन गरेका थिए । प्रदर्शनको क्रममा प्रशासन कार्यालयको गेट अगाडि सुरक्षाकर्मी र एमाले कार्यक्रताबीच सामान्य झपड समेत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार