
वीरगञ्ज । देशभरी कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । आजमात्रै बार र पर्सामा ४७ जना र चितवनमा २७ जनामा कोरोना पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका २० , बाराका ३, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पर्सागढी नगरपालिकाका २, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १÷१ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।
त्यसैगरी चितवनमा पनि डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।










