कोरोनाबाट काठमाडौं उपत्यकामा ८ सहित थप १५ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रणबाट काठमाडौं उपत्यकामा ८ सहित देशभर थप १५ जनाको मृत्यु भएको छ । देशभर १० पुरुष र ५ महिला गरी १५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीया पुरुष, ललितपुरका ५५, भक्तपुरका ७३,  रापेछापका २३, मोरङका ४० र ७० वर्षीया पुरुष रहेका छन् । त्यस्तै गोरखाकी ६३ , नवलपरासीकी ६२, पर्साकी ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिला रहेकी छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार