
काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा एक्कासी आगलागी भएको छ। आज बिहान २ बजेतीर रोडमा गुडिरहेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा धादिङको गजुरीमा आगलागी भएको हो ।
धादिङ प्रहरीकाअनुसार आगलागीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु सकुशल छन् भने यात्रुका केही सरसमानहरु जलेका छन् ।
बसमा लागेको आगो स्थानीय र प्रहरीहरु मिलेर निभाएका थिए । बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका कारण मानविय क्षती हुन नपाएको प्रहरीको भनाइ छ । बसमा आगो लाग्नुको कारण खुलेको छैन ।











