दैलेख। दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भिर घाइते क्षेत्रीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
गएराति भैरबी गाउँपालिका–४ सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादपछि झडप भएको प्रहरीको भनाई छ ।
झडपका घाइते दैलेखकै भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् ।
घटनाबारे थप अनुसन्धान र कुटपिटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले बताए ।