माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदै


काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला हुँदैछ । आज ललितपुरको गोदावरीमा प्रदेश परिषदको विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको माओवादीले जनाएको छ।

आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको बताइएको छ । स्थानिय चुनावमा पार्टीलाई विजयी गराउन विभिन्न रणनीति र योजनाहरु माओवादीले बनाइरहेको छ । सत्तारुढ गठबन्धन चुनावसम्मै जाने भएपछि सहकर्मी दलहरुसंग मिलेर कसरी चुनावमा जाने भन्ने बिषयमा अहिले माओवादीभित्र छलफल जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार