
रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा ३ जना म्यादी प्रहरी घाइते भएका छन् । दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्लाको रामेछाप नगरपालिका वडा नं.१ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको ना ७ ख ३५०४ नम्बरको जिप वडा नं. ३ साँघुटारको बाँकीमेरीमा दुर्घटनामा परेको हो । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।











