पर्यटनमन्त्री आलेको गृहक्षेत्र जोरायल गाउँपालिकामा एमालेको प्यानलै विजयी

डोटी । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अघिल्लो निर्वाचनमा विजयी भएको टीम नै यस पटक निर्वाचित भएको हो । एमालेबाट अध्यक्षमा उम्मेदवार दुर्गादत्त ओझा ३ हजार ४४९ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतीस्पर्धी कांग्रसेका दीपककुमार विष्टले ३ हजार ४१२ मत पाए । एकीकृत समाजवादीबाट अध्यक्ष उम्मेदवार किरण मल्लले १ हजार ६५९ मत पाए।

त्यस्तै एमालेबाट उपाध्यक्ष जमुनाकुमारी रोकायाले ३ हजार ५९९ मत पाउँदे विजयी भएकी हुन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी चन्द्राकुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले १ हजार ३१७ मत प्राप्त गरिन । यहाँ समाजवादी र माओवादीले गठवन्धन गरेका थिए। यो पालिका पर्यटनमन्त्री प्रेमबहादुर आलेको गृहक्षेत्र पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार