सबै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था र संक्रमितको उपचार सरकारले गर्छ–स्वास्थ्यमन्त्री ढकाल

चीनबाट आयो सहयोग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै प्रदेशमा कोराना भाइरस परीक्षण गर्ने ब्यवस्था गरिने बताएका छन् ।

बिहीबार नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले भने, “सबै प्रदेशमा भाइरस परीक्षण गर्ने ब्यवस्था मिलाइनेछ, कोरोना संक्रमित सबैको उपचारको जिम्मा सरकारले लिन्छ ।”

कोरोना संक्रमितको उपचारको व्यवस्था निजी क्षेत्रका अस्पतालमा भए पनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको मन्त्री ढकालले बताए ।

उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने समेत जानकारी दिए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले कोरोनाबारे सही सूचना प्रवाह गर्न आग्रह गरे । आचारसंहिता उलंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गरे ।

चीनबाट आयो सहयोग
कार्यक्रममा मन्त्री ढकालले चीनबाट कोरोना संक्रमणबाट बच्नका लागि केहि स्वास्थ्य सामाग्री सहयोग गरेको समेत जानकारी दिए ।
उनका अनुसार बिहीबार मात्रै चीन सरकारले एक लाख N95 मास्क र २० हजार थान थर्मल गन हस्तान्तरण गरेको छ ।
यसअघि चीनले नेपालमा स्वास्थ्य सामाग्रीसहितको मेडिकल टिम पठाउँ भनेर सोधेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार