हत्या अभियोगमा फरार एमाले सांसदबारे गृहमन्त्रीले भनेः ‘दुई दिनभित्र नतिजा दिन्छौं’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी लगायतका बिषयमा केहि दिनमै नजिता आउने बताएका छन् । राज्य संरचनालाई थिलोथिलो बनाएका कारण नतिजा आउन समय लागेको उनको भनाई छ । उनले क्रसर उद्योग, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने समेत बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले भने, ‘राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, थिलोथिलो पारिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं र नजिता आउँछ’ ।

हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् र उनी संसद बैठकमा सहभागी भइरहँदा पनि गृहमन्त्रलय चुप रहेकमो भन्दै आलोचना भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार