
काठमाडौं । नेपालको पहिलो सुरुङमार्गको आज उद्घाटन भएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिकको आज औपचारीक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उदघाटन गरेका हुन् ।
यो नेपालकै पहिलो सुरुङमार्ग निर्माणका लागि ४ जना पूर्वप्रधानमन्त्रीको भिजन र सकृतामा सम्पन्न भएको हो ।
नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा। बाबुराम भट्टराईको पालामा भएको थियो ।
त्यसपछि २०७६ कार्तिक ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उनले सुरुङ मार्ग शिलान्यास गरेका थिए ।
त्यसपछि २०८१ वैशाख ३ गते तात्कालिन प्रधानमन्त्री प्रचण्डले स्विच थिचेर उक्त सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका थिए ।
अहिले बालेन शाह प्रधानमन्त्री रहेको बेला सुरुङ मार्गको उद्घाटन भएको छ ।
यसरी चार जना कम्युनिष्ट प्रधानमन्त्रीको भिजन र सकृयतामा नेपालकै पहिलो सुरुङ मार्ग बनेर एक इतिहास बनेको छ ।
निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आएको यो सुरुङमार्ग निर्माणका लागि जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।
मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर छ भने सहायक सुरुङमार्ग २.५५७ किलोमिटर छ ।
सुरुमा










