
काठमाडौं । नेपालमा थप १९ जना संक्रमित भेटिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिइएको जनाकारी अनुसार संक्रमति हुनेमा मोरङमा ४५ बर्षीय १ पुरुष, बारामा ३२ वर्षीय १ पुरुष, बिराट नगरमा २५ वर्षीय १ पुरुष, पर्सामा ३४ र ६० वर्षीय पुरुष, रोतहटमा ३२ वर्षीय १ पुरुष, सर्लाहीमा ४८ वर्षीय १ पुरुष, काठमाडौंमा ६९ वर्षीय १ बृद्ध, नुवाकोटमा ३९ वर्षीय १ पुरुष, गुल्मीमा ३१ वर्षीय १ पुरुष, कपिलवस्तुमा ३५,३७ ५२ वर्षीय पुरुष र रुपन्देहीमा ६ जना रहेका छन् । उनिहरु ४०,५०,३२,२३,३० र ४० बर्षका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा संक्रमितको संख्या ६०३ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
अहिलेसम्म देशका ४२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।











