बागलुङ । कोरोना परीक्षणको रिर्पोट नआउँदै घर पठाइएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका २ का २९ वर्षीय एक युवक रहेका छन् ।
लामो समयदेखि फोक्सोको समस्या भएका उनको शनिबार राति मृत्यु भएको हो । ‘लामो समयसम्म भारतमा फोक्सोको उपचार गराएर फर्किएका उनलाई बुर्तिवाङमै क्वारेन्टिनमा राखिएको थियो ।
दुईपटक क्वारेन्टिनमा राखिएका उनलाई फेरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएको र शनिबार मृत्यु भएको स्थानीय पालिकाले जनाएका छन् ।
मृतक परिवारका ५ जनाको स्वाब संकलन गरेर पठाएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । मृतक युवक र एक बालकको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।