काठमाडौं । पर्यटन मन्त्री सुदन किराँती र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच भेटवार्ता भएको छ । आज दिउँसो केन्द्रमा भएको भेटवार्तामा नेपालमै विमान चालक (पाइलट), प्रशिक्षक र प्राविधिक स्कुल स्थापना गर्न तत्काल प्रकृया थाल्ने सहमत भएको मन्त्री किराँतीले जानकारी दिएका छन्। अहिले नेपालमा विमान चालक (पाइलट), प्रशिक्षक र प्राविधिक स्कुल नहुँदा विदेश जाने गरिन्छ ।
अविष्कार केन्द्रले त्यस्तो एकाडेमी खोलेमा त्यसका लागि प्रकृया र अनुमती दिने कार्यमा सरकारको पुर्ण सहयोग रहनेबारे मन्त्री किराँतीले अश्वासन दिएको केन्द्रका प्रमुख पुनले अनमोलपोस्टलाई बताए । एकाडेमी खोल्नका लागि सरकारले तत्काल आर्थिक सहयोग गर्नेबारे कुनै छलफल नभएको पनि उनले बताए ।