गृहमन्त्रीको पूर्वराजालाई चेतावनीः गणतन्त्रको विकल्प राजतन्त्र होइन, भ्रम नपाल्नुस


सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले जनतामा भ्रम नफैलाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतवानी दिएका छन् । आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले जनतामा भ्रम नफैलाउन चेतावनी दिएका हुन् ।

गृहमन्त्रि लेखकले केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जनतामा भ्रम फैलाइरहेका समेत बताए ।
जनताले ठुलो त्याग र क्रान्तिबाट देशबाट सामन्ती राजतन्त्र फालेकाले पुनः राजा फर्कने सपना नदेख्न पूर्वराजालाई उनले आग्रह पनि गरे ।

गृहमन्त्रि लेखकले राजतन्त्र फालिएका देशमा राजा कित मारिएको कित देश निकाला गरिएको विश्वमा उदाहरण रहेको स्मरण गराउँदै नेपालमा जनताले पूर्वराजालाई ससम्मान राखेको नभुल्न चेतावन दिए। आन्दोलन र क्रान्तिबाट फालिएका राजाहरू त्यही देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास विश्वमा कमै भएकाले नपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन पूर्वराजालाई आग्रह थियो।

राजतन्त्रका नाममा जनतामा भ्रम छर्दै भइरहेका अराजक गतिविधिलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत गृहमन्त्रि लेखकले पूर्वराजालाई चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार