चितवन । चितवनमा एकआपसमा गाडी ठोक्किदा भयानक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवामा दुई गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका ७ जनाको मृत्युका साथै करिब २४ जना घाइते भएका छन् ।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृतकहरुको शव भरतपुर अस्पतालमा राखिएको डिएसपी खनालले बताए ।
घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए।
तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीकाअनुसार दुर्घटनामा परि मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी, त्यसैगरी हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ , २४/२५ र ३०/३५ वर्षीया तीनजना महिला रहेका छन्।
त्यस्तै हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ र ३५/४० वर्षीया पुरुष रहेका छन् । ।
त्यस्तै दुर्घटनामा परी घाइते भएका २४ जनाको यसप्रकारछन्ः
१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा ।
२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान ।
३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल ।
४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान ।
५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।
६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।
७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।
८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।
९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।
१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा ।
११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।
१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।
१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा ।
१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।
१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।
१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।
१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह ।
१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा ।
२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।
२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।
२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।
२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी ।
२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी ।