छाउगोठमा सर्पदंसबाट महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउन निर्देशन


कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि त्यस्ता छाउगोठहरु भत्काउन निर्देशन दिइएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित निगालीमा महिनावारी हुँदा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको शुक्रबार राती सर्पले टोकेर मृत्यु भएपछि नगरपालिकाको १५ दिनभित्र त्यस्ता छाउगोठहरु भत्काउन निर्देशन दिएको हो।

नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै नगरभित्रका सबै वडाहरुमा बनाइएका छाउगोठहरु १५ दिनभित्र भत्काउन निर्देशन दिएको छ भने नभत्काएमा १० हजार जरिवाना गराउने निर्णय गरेको छ ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए ।

शुक्रबार साँझ सर्पले टोकेर बेहोस भएकी आउजीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो ।
महिनावारी हुँदा घरभित्रै बसेमा, धारा पधेंरा छोएमा अनिष्ट हुने, देउता रिसाउने सामाजिक अन्धविश्वासका कारण छाउपडी अन्त्य हुन सकिरहेको छैन् । जसबारे जनचेतना र जागरण ल्याउने कार्यमा सम्बन्धित निकाय समेत चुकिरहेका छन् ।

जसकारण छाउगोठमा बलात्कारदेखि सर्पदंसबाट महिलाहरु पीडित बन्दै ज्यान गुमाउन बाध्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार