काठमाडौं । प्रवासी नेपाली एकता मंच कतारले तीज विशेष कार्यक्रम गर्ने भएको छ । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा मंचले तीज कार्यक्रम गर्ने भएको हो ।
कतारको क्राउन पलाजा होटल द बिजनेस पार्क, नजमा यही अगष्ट १५ मा सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती रहने गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका प्रवक्ता दिनेश कटुवालले जानकारी दिएका छन् ।
प्रवासी नेपाली एकता मंच कतारले हरेक वर्ष हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्दै आइरहेको छ ।