कुलमान र बेलायती सांसदबीच भेटवार्ता, उज्यालो नेपाल अभियानबारे छलफल

काठमाडौं । उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङ र वेलायतको सांसद एवम् नेपालको लागि सर्वदलीय सांसद ग्रुपको नेता अलेक्स बाकेरबीच भेटवार्ता भएको छ । युरोप, अमेरिका भ्रमणमा रहेका संयोजक घिसिङले लण्डन पुगेर यो भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल–बेलायतबीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रिन हाइड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषयमा गहन छलफल भएको छ ।

यस्तै बेलायती गोर्खा आर्मीको पेन्सन विवाद, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियान र यस्को उद्देश्य सम्वन्धमा सौहार्दपूर्ण छलफल भएको संयोजक घिसिङले जानकारी दिए ।

भेटमा बेलायती सांसद अलेक्सले नेपालको हरेक विषयमा गम्भीर चासो लिई सहयोगको प्रतिवद्दता समेत गरेको घिसिङले बताए। उक्त भेटमा नेपाल र बेलायत बीचको द्धिपक्षीय (जि टु जि) गोर्खा मुद्दाका प्रमुख वार्ताकार / सचिव मेजर (सेवानिवृत्त) जुद्बहादुर गुरूङ र एपीपीजी नेपालकी सचिव प्रेमिला भान, ओमेन तामाङ, एल एन पाण्डेको समेत उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार