काठमाडौं । काठमाडौंको मनोहरा खोला किनारमा सुकुमबासी र प्रहरीबीच झडप भएको छ ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सुकुमबासी बस्ती भत्काएपछि आक्रोशमा स्थानीयले प्रतिकार गर्दा प्रहरीसंग झडप भएको हो । झडपमा केहि स्थानिय घाइते भएको बताइएको छ । बर्षायाममा नगर प्रहरीले बस्ने टहरा नै बत्काइ दिएपछि प्रतिकारमा स्थानियहरुले ढुंगामुडा गरेपछि प्रहरीले लाठीचार्ज गर्दा केहि स्थानिय घाइते भएको बताइएको छ ।
उक्त सुकुमबासी बस्ती हटाउन नेपाल प्रहरीसहित डोजर लिएर नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको थियो ।
महानगरले खोला मापदण्ड भित्र बनेका त्यस्ता अवैध घर टहरालाई हटाउने अभियान चलाउँदै आएको छ ।
तर, सुकुमबासीहरुको उचित ब्यवस्थापन बिना महानगरले बस्ती हटाउँदा स्थानियको बिचल्ली परेको भन्दै विरोध समेत हुँदै आएको छ ।