जेनजीहरूको प्रर्दशनमा अनमोलपोस्टकर्मी घाइते


काठमाडौं । काठमाडौमा भएको जेनजीहरुको प्रर्दशनमा अनमोलपोस्टकर्मी घाइते भएका छन् ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आज काठमाडौं लगायत देशैभरी भएको जेनजीहरूको प्रर्दशनको रिपोर्टिङका क्रममा नयां वानेश्वरस्थित संसद भवनको गेटमा भएको प्रर्दशनमा अनमोलपोस्टका संचालक पत्रकार केपी अनमोल घाइते भएका हुन् ।

संसद भवनको मुख्यगेट अगाडी प्रर्दशनकारी र प्रहरीबीच भएको ढुँगामुडा र लाठीचार्जमा परी पत्रकार अनमोल घाइते भएका हुन् । उनको बाँया खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ । उपचारपछि पत्रकार अनमोल घर फर्किएको र उनको अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।

यसैबीच, देशैभरी भएको जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रर्दशनमा देशभरीमा ३ सय ४७ जना घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रर्दशनमा सरकारले चरम दमन गरेको भन्दै आलोचना बढेपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । उनले दुखत घटना भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

युवाहरुको शान्तिपुर्ण प्रर्दशनमा प्रहरीले अत्याधिक बल प्रयोग गरेर प्रर्दशनकारीलाई ताकी ताकी गोली हानेकाले प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने आन्दोलनकारी युवाहरुको माग छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने जेनजीहरुको प्रर्दशनमा घुसपैठ भएको प्रतिकृया दिएका छन् । साथै उनले सोसलमिडिया दर्ता नभएसम्म नखोलिने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार