ओमप्रकास, रामेश्वर र कुलमानले लिए मन्त्रीको शपथ


काठमाडौं । अन्तरिम सरकारका तीनजना मन्त्रीले शपथ लिएका छन् । केहिबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा तीनजना मन्त्रीहरुले शपथ लिएका हुन् । जसमा गृह तथा कानुनमन्त्रीमा ओमप्रकास आर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पुर्भाधार तथा यातायात र शहरी विकास मन्त्रीमा कुलमान घिसिङले सपथ लिएका हुन् ।

तीनैजना मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । उनिहरुले आजै पदभार ग्रहण गर्दै कार्यभार सम्हाल्ने छन् । प्रधानमन्त्री सुशीला कार्कीको क्याविनेट अब चार सदस्यीय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार