
काठमाडौं । डा. गोविन्द केसी बिरुद्ध अनसन बस्ने विजय थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको हो ।
थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । थापामाथि गत भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप छ ।














