काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा अहिलेसम्म संक्रमण देखिएकामध्ये सबैभन्दा बढि विदेशबाट आएका रहेको बताएका छन् ।
मंगलबार बिहान नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै मन्त्री ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका हुन् ।
अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमित मध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको उनको भनाई छ। कोरोना अहिलेसम्म नियन्त्रणमै रहेको दावी गर्दै उनले सोमबार सम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यस मध्ये ३ हजार २ सय निको भइसकेको बताए ।
मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिएका छन्।
रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनको सहयोग
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले स्वास्थ्य नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले मन्त्रालयलाई दुई चरणमा स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्ने भएको ।
पहिलो चरणमा मास्क, स्यानिटाइजर, साबुन, गगल्स लगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टीलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ ।
दुई चरणमा गरी हस्तान्तरण गरिने स्वास्थ्य सामाग्रीमा ७ वटा भेन्टीलेटर सहित गगल्स ३ सय, सर्जिकल मास्क १ हजार १५०, डिस्पोजेबल कभर ५ सय ५०, ग्लोब्स २० हजार, बुट ४ सय ५० थान , स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस रहेका छन् । यि संस्थाहरुले १ करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ ।
भिडियो हेर्नुहोस
Health Minister Bhanu Bhakta Dhakal's Speech
स्वास्थ्यमन्त्रीले भने: "अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका, कोरोना नियन्त्रणमै छ" Health Minister Bhanu Bhakta Dhakal
Publiée par Anmol Media sur Mardi 30 juin 2020