
काठमाडौं । काठमाडौं उपत्यकामा अनलाईको माध्यामबाट अडर गरेर होम डेलिभरी गर्नेलाई प्रहरीले कागज बनाएर छाडेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लघंन गर्दै होम डेलिभरी गर्दै आएका ८० जनालाई कागज बनाएर छाडेको हो ।
काठमाडौं उपत्यकामा होम डेलिभरी गर्दै आएका डेलिभरीब्वाई तथा सञ्चालकलाई बिहीबार प्रहरीले प्रकाउ गरेको थियो । अब निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
विभिन्न ठाउँबाट पक्राउ परेका ८० जनालाई दिनभर राखेर साँझ काजग गराएर छाडेको छ । निषेधाज्ञाको बेला पनि उनीहरुले अनलाई अडर गरेर घर घरमा खानेकुरा, लुगाकपडाका साथै अन्य आवश्यक सामाग्री डेलिभरी गर्दै आएका थिए ।









