
कञ्चनपुर । कंचनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित भएका मेयर चन्दलाई आज एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।
मेयर चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरुले पनि एमाले परित्याग गरी समाजवादी प्रवेश गरेको समाजवादीकी सुदूरपश्चिम प्रदेस इन्र्चाज गरिमा शाहले जानकारी दिइन्।
मेयर चन्दसहित वेदकोट नगरपालिकाकै वडा नं. ३ का अध्यक्ष तिलक ठकुल्ला, वडा नं.४ का अध्यक्ष भास्कर भट्ट, वडा नं. ७ का अध्यक्ष वीरबहादुर डगौरा, वडा नं. ७ का अध्यक्ष दुर्गासिंह भण्डारी र वडा नं. १० का अध्यक्ष केशव रावलले प िनएमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
त्यस्तै नगर कार्यपालिकाका सदस्यहरु दलवीर टमटा, तारा रैकाल, निर्मला विष्ट चौधरी, पिंकी दमाइ र माया बोहरा तथा २२ जना वडासदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।














