बालेनले हर्कलाई ढुँगाको जवाफ फूलले फर्काए: ‘यु आर माई ट्रु लभ’


काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क सम्पाङलाई ढुँगाको जवाफ फूलले दिएका छन् । अन्तरिम सरकारको प्रमुख बनाउनु पर्ने भन्दै धरानबाट काठमाडौं आएका हर्क रित्तो हात फर्केपछि आक्रोषित हुँदै उनि बालेनमाथि खनिएका छन् ।

सामाजिकसंजाल फेसबुकमार्फत हर्कले बालेनप्रति आक्रोष पोखिरहेका हुन् । उनले आफ्नो फेसबुक स्टाटसमार्फत बालेनलाई संकेत गर्दै हिम्मत भए प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरेर देखाउन चुनौती समेत दिएका छन् । उनले त्यो चुनाव हाफुले हारेमा बालेनको घरमा नोकर बस्ने सर्त समेत राखेका छन् । बालेन विदेशी शक्ति सामु सम्पसार परेको आरोप लगाउँदै हर्कले हुतिहार सम्म भन्न भ्याए ।

जसको १७ घण्टापछि बालेनले जवाफ फर्काउँदै हर्कप्रति सहानुभुती देखाएका छन् । हर्कले मलाई जति गाली गरेपनि म साँचो माया गरिरहन्छु भन्दै बालेनले पनि स्टाटसमार्फत जवाफ फर्काएका हुन् ।

हर्कले जेनजीको मागअनुसार सरकार गठन हुनुपर्ने बताउँदै आएका छन् । सरकार निर्माणमा प्रमुख भूमिका जस्तै देखिएका बालेनले आफुलाई बेवास्ता गरेको हर्कको बुझाई छ । हर्कले विदेशीको इसारामा सरकार बनेको समेत आरोप लगाइरहेका छन् । मन्त्री, प्रधानमन्त्री बन्नेहरु कुनै दूतावासको शरणमा गएको तर आफु नगएकाले सरकारमा सामेल हुन नपाएको समेत स्टाटसमार्फत हर्कले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार