काठमाडौं । जेनजी आन्दोलन भारतमा पनि सल्किएको छ । भारतको दिल्ली सरकारबाट शासित लद्दाखमा केहि दिन जारी शान्तिपुर्ण हिंसात्मक बन्न पुगेको छ ।
लद्दाखलाई एक पूर्ण राज्यको स्थान दिनपर्ने मागसहित केहि दिनदेखि भइरहेको शान्तिपुर्ण आन्दोलन आज एकाएक हिंसात्मक भएपछि ४ जनाको ज्यान जानका साथै ७० भन्दा बढि घाइते भएका छन् ।
जेनजी प्रर्दशनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लद्दाखस्थित पार्टी भारतीय जनता पार्टी (बीजेपी) को कार्यालयमा आगजनी गर्दिएका छन् । आन्दोलन हिंसात्मक भएपछि लद्दाखको प्रमुख शहर लेहमा कर्फ्यू जारी गरिएको छ ।
आन्दोलनको जड के हो ?
लद्दाखका सामाजिक अभियन्ता सोनम वाङचुकसहितका १५ जना अभियन्ताहरू बिगत १५ दिनदेखि भोक हड़ताल थिए । उनिहरुका मागहरुलाई लिएर जेनजीहरुले प्रर्दशन गरिएका थिए । बीबीसीकाअनुसार आज लेहमा भएको हिंसात्मक प्रर्दशनपछि सोनम वाङचुकले आफ्नो भोक हड्ताल तोडेका छन् । उनले शान्तिको अपिल गर्दै युवाहरुलाई सम्हालिन आग्रह गरेका छन् ।
अभियन्ता सोनम वाङचुक लगायत जेनजी प्रदर्शनकारीहरुले केंद्र शासित प्रदेश लद्दाखलाई एक पूर्ण राज्य स्थान दिन माग गर्दै आएका छन् । जसमा मोदी सरकार तयार नभएपछि आन्दोलन थप हिंसात्मक हुँदै गइरहेको छ ।
आमरण अनशनमा बस्दा अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल लगिएपछि आक्रोशित युवाहरु सडकमा आएर प्रर्दशन गरेका थिए । आज लेहमा भएको प्रदर्शनको नेतृत्व लद्दाख एपेक्स बडी (एलएबी) ले गरेको थियो।
जो लद्दाखमा सक्रिय विभिन्न सामाजिक, धार्मिक, राजनीतिक र विद्यार्थी संगठनहरूको साझा संयन्त्र हो ।
लद्दाखमा प्रदर्शन चर्किएपछि सत्तारुढ भाजपाले काँग्रेसलाई जनता भड्काएको आरोप लगाएको छ । मोदी सरकारले लद्दाखवासीको मागप्रति वेवास्ता गरेको अरोप लग्दै आएको छ ।