काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । सभापति रवि लामिछानेसंगै पार्टी स्थापनामा लागेका संस्थापक सदस्य अधिकारीले आजदेखि पार्टी छोडेको घोषणा गरेका हुन् ।
उनले रास्वपा छोड्नुको कारण भने बताएका छैनन् । तर, पछिल्लो समय जेनजी आन्दोलन र नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिर आएपछि पार्टीमा विवाद उत्पन भएको छ ।
पार्टीभित्रको विवादका कारण यसअघि पूर्वमन्त्री रास्वपा नेतृ सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि नै पार्टीबाट राजीनामा दिइसकेका छन् । रास्वपामा सभापति लामिछानेको बिषयलाई लिएर पछिल्लो समय विवाद हुँदै आएको छ ।
सिंगो पार्टी सभापति लामिछानेको मुद्धामै लागेको तर पार्टी संगठन, जनताका मुद्धामा ध्यान दिन नसकेको भन्दै विवाद भइरहेको छ ।
अपठ्यारो परेको बेला सभापतिलाई साथ दिनुपर्ने मत पनि पार्टीका बलियो देखिन्छ ।